काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार दोस्रो पटक संयुक्त रूपमा २३ युरोपेली मुलुकका राजदूत तथा कूटनीतिज्ञहरूलाई भेट्ने भएका छन् ।
उनले यसअघि विदेशी राजदूतहरूलाई एक्लाएक्लै भेट्ने परम्परालाई तोड्दै संयुक्त भेटघाटको शैली अपनाएर प्रशंसा कमाएका थिए ।
भेटघाटमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी हुने छन् ।
यो भेटघाटलाई प्रधानमन्त्री शाहले युरोपेली देशहरूसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा लिइएको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया