काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज पनि प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् ।
उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई आफ्नो प्रतिनिधिका रूपमा तोकेका छन् ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् ।
प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
सोही बैठकमा मन्त्री गौतमले नै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया