वीरगञ्ज । पर्सा जिल्ला अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’ का संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी तारेखमा राखेर मुद्दाको कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो । अदालत स्रोतका अनुसार प्रारम्भिक सुनुवाइपछि उनलाई हिरासतमा राख्नु आवश्यक नदेखिएकाले साधारण तारेखमा छाड्ने निर्णय गरिएको हो ।

advertisement

प्रसाईंलाई प्रहरीले जेठ ४ गते पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धका गतिविधिसम्बन्धी मुद्दा दर्ता गरिएको थियो ।

अनुसन्धानका क्रममा उनले युट्युबमार्फत विभिन्न व्यक्तिहरू र राज्यका निकायबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको छ । साथै सेना र प्रहरी नेतृत्वबारे अशोभनीय टिप्पणी गरेको विषय पनि मुद्दामा समावेश गरिएको छ ।

यसअघि एक अन्तर्वार्तामा उनले प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङबारे पनि टिप्पणी गरेका थिए । उनले राजनीतिक तथा राज्य संरचनासम्बन्धी विभिन्न विवादास्पद दाबीसमेत गरेका थिए ।

अदालतको आदेशपछि प्रसाईं मुद्दाको बाँकी प्रक्रिया साधारण तारेखमै अघि बढ्ने भएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com