काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ ।

पार्टीको कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दिपक तिमिल्सिनाद्वारा जारी गरिएको पत्रमार्फत यस्तो निर्देशन दिइएको हो ।

advertisement

निर्देशनअनुसार प्रदेश मातहतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा आयोजना हुने सबै कार्यक्रमका ब्यानर, पोस्टर तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष तथा ‘श्रम पिता’ भनिएका हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न भनिएको छ ।

पार्टीले उक्त निर्देशनलाई संगठनात्मक एकरूपता र प्रचार व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले जारी गरिएको जनाएको छ ।

हेर्नुहोस् पत्र :

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com