इस्लामाबाद। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित आणविक तथा क्षेत्रीय सम्झौतासँग जोडेर पाकिस्तानसहित विभिन्न मुस्लिम तथा अरब मुलुकहरूलाई अब्राहम सम्झौता मा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले स्पष्ट अस्वीकार गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोण र मौलिक विचारधारासँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारेका छन् ।

advertisement

समासँगको विशेष अन्तर्वार्तामा रक्षामन्त्री आसिफले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने अवधारणा पाकिस्तानका लागि स्वीकार्य नभएको बताए ।

उनले पाकिस्तानको संस्थागत नीति र दीर्घकालीन दृष्टिकोणमा कुनै परिवर्तन नहुने बताए ।

उनले पाकिस्तानी पासपोर्टमा इजरायललाई मान्यता नदिने कुरा स्पष्ट रूपमा लेखिएको उदाहरण दिँदै देशको नीति स्पष्ट रहेको बताए ।

ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको भन्दै मध्यपूर्वमा व्यापक राजनीतिक पुनर्संरचना गर्न साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डनलगायत देशहरूलाई अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका थिए ।

उनले यो सम्झौतालाई मध्यपूर्वका लागि ऐतिहासिक घटना भनेका थिए ।

ट्रम्पले इरानसँग सम्झौता भएमा साउदी अरेबिया र कतार तुरुन्त सहभागी हुनुपर्ने र भविष्यमा इरान पनि यसमा सामेल हुन सक्ने सम्भावना औंल्याएका थिए ।

तर पाकिस्तानले ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्दै इजरायललाई मान्यता नदिने आफ्नो दीर्घकालीन नीतिमा अडिग रहने संकेत गरेको छ ।

यसले मध्यपूर्वको कूटनीतिक प्रयासमा नयाँ चुनौती थपिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com