काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो भनी प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने माग गरे ।

advertisement

विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा अवरोध गरेपछि सभामुखले बोल्न दिएको समयमा महरले यस्तो प्रश्न उठाएका हुन् ।

“संविधानको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?” भन्दै महरले आक्रोश व्यक्त गरे । उनले सदनको कारबाही अघि नबढाउन माग पनि गरे ।

प्रधानमन्त्री शाहले हालका बैठकहरूमा निरन्तर अनुपस्थित रहँदै आएका छन् र कानुनमन्त्री सोविता गौतमलाई आफ्नो प्रतिनिधिका रूपमा तोक्दै आएका छन् ।

एमालेले यसलाई संवैधानिक अभ्यासविपरीत भएको बताउँदै आएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com