काठमाडौं। नेकपा एमाले संसदीय दलकी उपनेता पद्म अर्यालले संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो नभएको स्पष्ट पारेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपनेता अर्यालले सरकारले इमान्दारिताका साथ प्रस्तुत हुन नसकेको र प्रतिपक्षको भूमिकालाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइन् ।
उनले भनिन्, “सरकार जुन इमानदारिताका साथ प्रस्तुत हुनुपर्थ्यो, त्यो यहाँ देखिएन ।
भित्र एउटा सहमति गर्ने तर फेरि ठेलेरै लैजान खालको परिदृश्य देखियो ।
प्रतिपक्षका सांसदहरूले बोलिसकेपछि पटकैपिच्छे लर्कानु पर्ने ।”
अर्यालले संसद् प्रतिपक्षको आवाज उठाउने र सरकारको कामकारबाहीको आलोचना गर्ने थलो भएको बताइन् ।
उनले थपिन्, “संसद् सरकारको भजन र प्रशंसा गर्ने थलो होइन । यो प्रतिपक्षको थलो हो ।”
उपनेता अर्यालको यो अभिव्यक्ति संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तर अनुपस्थिति र सरकारको कार्यशैलीप्रति विपक्षी दलहरूले गर्दै आएको विरोधको क्रममा आएको हो ।
उनले सरकारले प्रतिपक्षको आवाजलाई दबाउने प्रयास गरेको आरोप पनि लगाएकी छन् ।
यो घटनाले संसद्भित्र सत्तापक्ष र प्रतिपक्षबीचको तनाव अझ बढेको देखिन्छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया