काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर स्वास्थ्य समस्याका कारण भारतमा उपचाररत रहेका छन् ।

तिलप्रसाद श्रेष्ठ बिरामी भएपछि गत वैशाख ११ गतेदेखि इजलासमा उपस्थित हुन सकेका थिएनन् । हाल उनी भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका छन् ।

advertisement

यसैबीच न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर अवस्थासँग जुधिरहेका कारण न्यायपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

सूचनामा न्याय सम्पादन क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com