काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर स्वास्थ्य समस्याका कारण भारतमा उपचाररत रहेका छन् ।
तिलप्रसाद श्रेष्ठ बिरामी भएपछि गत वैशाख ११ गतेदेखि इजलासमा उपस्थित हुन सकेका थिएनन् । हाल उनी भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका छन् ।
यसैबीच न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर अवस्थासँग जुधिरहेका कारण न्यायपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
सूचनामा न्याय सम्पादन क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गर्दै उनको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया