काठमाडौं । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा थप तीन जना मंगलबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चुइचुम्मा–४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन्। गत भदौ ३० गते राति रेश्मिका मृत अवस्थामा फेला परेकी थिइन्।

advertisement

घटनाबारे थप अनुसन्धान अघि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशअनुसार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन्।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा एक १६ वर्षीय किशोरलाई गत असोज १ गते पक्राउ गरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

परिवारका सदस्यले थप तीन जनाको नाम उल्लेख गर्दै गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दर्ता गरेका थिए। सोही आधारमा अदालतले चैत २८ गते थप अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com