काठमाडौं । हर्क साम्पाङ ले प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म संसद् बैठक बहिष्कार गरिरहने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक छाडेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखसँग प्रधानमन्त्रीलाई सदनमा बोलाउन आग्रह गरे पनि माग पूरा नभएको बताए ।

advertisement

“सभामुखले रुलिङ पनि गर्नुहुन्न, निस्केर जा पनि भन्नुहुन्न । म आफैँ निस्किएँ,” उनले भने ।

प्रधानमन्त्री बन्नका लागि क्षमता र योग्यता आवश्यक हुने भन्दै हर्क साम्पाङ ले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए । “प्रधानमन्त्री आएर बोल्नुस् त भनेको हो । बोल्न पनि पर्छ । यति क्षमता, योग्यता हुनुपर्छ क्या प्रधानमन्त्री बन्नका लागि,” उनले भने ।

यसअघि बैठकमै उनले सभामुखसँग प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न माग गरेका थिए । तर सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर बैठकबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com