काठमाडौं । सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका पैदलयात्री कमल वलीको उपचारका क्रममा मृत्यु भएको छ। भेरीगङ्गा नगरपालिका-२ सुर्खेत कालापानीका २३ वर्षीय वलीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरी भन्ने ठाउँतर्फ जाँदै गरेको कप्र ०२-००१ ख ०६४७ न को टिपरले पैदलयात्री वलीलाई बुधबार राति ठक्कर दिएपछि घाइतेका बुबा दलबहादुर वलीले उपचारका लागि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याएका थिए।

advertisement

उपचारका क्रममा आज प्रदेश अस्पताल सुर्खेतले वलीलाई मृतघोषणा गरेको छ। टिपर चालक वीरेन्द्रनगर नगरपालिका-१० सुर्खेतका ५२ वर्षीय मानबहादुर चौधरीलाई बुधबार घटनास्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com