काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले गणतन्त्र दिवस नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको प्रतीक भएको बताएकी छन् ।

रक्षा बमले गणतन्त्र दिवस काे अवसरमा शुभकामना सन्देश जारी गर्दै वर्तमान व्यवस्था कुनै शासकको कृपा वा दानबाट नभई स्वतन्त्र भविष्यका लागि संघर्षरत नागरिकहरूको बलिदानबाट स्थापित भएको उल्लेख गरेकी हुन् ।

advertisement

उनले नेपाली जनताले अन्याय, दमन र निरंकुश सोचविरुद्ध निरन्तर संघर्ष गर्दै लोकतान्त्रिक अधिकार स्थापित गरेको बताएकी छन् । ‘यो व्यवस्था कसैको दया वा उपहार होइन, आफ्नै अधिकार र भविष्य सुनिश्चित गर्न जनताले गरेको त्याग र आन्दोलनको परिणाम हो,’ उनले सन्देशमा उल्लेख गरेकी छन् ।

रक्षा बमले ‘म नै राज्य हुँ’ भन्ने निरंकुश मानसिकता बोकेका शासकलाई नेपाली जनताले समय–समयमा पराजित गर्दै आएको पनि बताएकी छन् । जनताको चेतना, संघर्ष र एकताकै बलमा लोकतान्त्रिक मूल्य र गणतान्त्रिक व्यवस्था स्थापित भएको उनको भनाइ छ ।

उनले गणतन्त्रलाई केवल राजनीतिक परिवर्तनका रूपमा नभई नागरिक स्वतन्त्रता, समानता र आत्मसम्मानको आधारका रूपमा बुझ्नुपर्नेमा जोड दिएकी छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com