काठमाडौं। नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्न लागेका हुन्।

advertisement

संघीय संसद् सचिवालयका अनुसार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रतिनिधि सभाको हलमा बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुने कार्यतालिका तय भएको छ।

संसदमा बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत/पारित गर्नका लागि आजै दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएपछि अर्थमन्त्री डा. वाग्लेले संसद्‌मा बजेट भाषण वाचन गर्नेछन्।

नयाँ बजेटमा सरकारका प्राथमिकता, आर्थिक वृद्धि तथा जनसरोकारका मुख्य विषयहरू कसरी समेटिएका छन् भन्ने कुरालाई आम नागरिक र आर्थिक क्षेत्रले चासोका साथ हेरिरहेका छन्।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com