काठमाडौं । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।
शुक्रबार जेठ १५ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । बजेट सार्वजनिक गर्न संसद् बैठक समेत बस्नेछ ।
नेपालको संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको आय–व्यय विवरण अर्थात् बजेट संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया