काठमाडौं । वालेन्द्र शाह (बालेन) नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले यसपटक बजेट प्रस्तुतिको शैलीमै परिवर्तन गरेको छ ।
यसअघि वार्षिक बजेट प्रस्तुत गर्दा अर्थमन्त्रीहरूले परम्परागत ब्रिफकेस बोकेर संसद् प्रवेश गर्ने चलन थियो । तर, यसपटक रास्वपा सरकारले उक्त परम्परा तोड्दै नेपाली कागजले बनेको फाइल प्रयोग गरेको हो ।
परिवर्तनको सन्देश दिन खोजिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाली कागजको फाइल बोकेर संसद् भवन पुगेका थिए । सरकारको यो कदमलाई परम्परागत शैलीभन्दा फरक अभ्यासका रूपमा हेरिएको छ ।
तस्वीरहरूमा अर्थमन्त्री वाग्ले नेपाली कागजको फाइलसहित संसद् प्रवेश गरेको दृश्य देख्न सकिन्छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया