काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजना अघि बढाएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

advertisement

उनका अनुसार आगामी आर्थिक वर्षभित्र राजमार्गलाई चरणबद्ध रूपमा चार लेनमा विस्तार गर्ने कार्य अघि बढाइनेछ । सरकारले सडक पूर्वाधार सुधारमार्फत यातायातलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने लक्ष्य राखेको जनाएको छ ।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षमै देशभर ४० वटा ठूला पुल निर्माण गर्ने योजना पनि सार्वजनिक गरेका छन् । पूर्वाधार विकासलाई तीव्रता दिँदै सडक सञ्जाललाई थप प्रभावकारी बनाउने सरकारको तयारी रहेको उनले बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com