काठमाडौं।  सरकारले कर्मचारीको तलब बढाएको छ । बजेट भाषणअनुसार कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ ।

पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए ।

advertisement

सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनको आधारमा पारिश्रमिकको सुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले बताए ।

यसबाट हाल खाइपाइ आएको पारिश्रममा करिब २१ प्रतिशत वृद्धि भई ग्रेडसहित न्युनतम तलब करिब ४० हजारदेखि रु १ लाखमाथि कायम हुने अर्थमन्त्रीले बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com