काठमाडौं। सरकारले कारागारलाई सुधार गृह को रूपमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दुवै सदनमा बजेट पेस गर्दै कारागारको सुदृढिकरण, क्षमता बिस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लाने घोषणा गरेका हुन् ।
मनसुन लगायत अन्य विपद् प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता पनि विकाश गरिने उनले बताए ।
अर्थमन्त्री वाग्लेले भने–‘विपद् पश्चातको राहत, क्षतिपूर्ति र पुननिर्माण लागी बिमा लगायत जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौँ ।’
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया