काठमाडौं । सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लिमिटेडमार्फत आवासीय परियोजना सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा १०० वटा भवन निर्माण गरी ती भवन सर्वसाधारणलाई बिक्री गरिने बजेटमा उल्लेख छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यो परियोजना अघि बढाइने जानकारी दिएका हुन्। मेचीनगर क्षेत्रमा २०४९ सालदेखि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै आएको छ।
मेचीनगर–८ को जोरसिमल क्षेत्रमा कम्पनीको पूर्ण स्वामित्वमा करिब चार बिघा जग्गा रहेको छ। सो जग्गामा आवासीय भवन निर्माण गर्ने योजना विगतदेखि रहे पनि हालसम्म कार्यान्वयन हुन सकेको थिएन।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया