काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तै प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘ढुक्क हुनुस्’ भन्ने छोटो तर अर्थपूर्ण सन्देश लेखेका हुन्।
बजेट सार्वजनिक भएसँगै विशेषगरी मध्यम वर्गीय नागरिक र सरकारी कर्मचारीहरूबीच उत्साहसँगै विभिन्न चासोहरू देखिएको अवस्थामा प्रधानमन्त्रीको यो अभिव्यक्ति आएको हो।
विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीको यो संक्षिप्त सन्देशलाई बजेटका नीति तथा कार्यक्रमप्रति नागरिकमा सकारात्मकता र विश्वास जगाउने प्रयासका रूपमा लिइएको छ।
सरकारले ल्याएका नीति तथा योजनाहरूले जनताको अपेक्षा सम्बोधन गर्ने संकेत गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जनतामा भरोसा बढाउने प्रयास गरेको बताइएको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया