काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन् ।

अर्थ मन्त्रालयका अनुसार उक्त अन्तर्क्रिया आज दिउँसो सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा हुनेछ। मन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले यसबारे जानकारी दिएका हुन्।

advertisement

शुक्रबार अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए। कुल बजेटमध्ये चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत), पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब २४ करोड (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com