काठमाडौं । निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको राष्ट्रियसभा बैठक केहीबेर सञ्चालन भएपछि २० मिनेटका लागि स्थगित गरिएको छ।

आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएपछि राष्ट्रियसभाको पहिलो बैठक आइतबार बसेको हो।

advertisement

आजको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रधानमन्त्री शाहले सदनसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।

यसका साथै सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावसमेत आजको बैठकमा पेश गर्ने कार्यतालिका तय गरिएको संसद् सचिवालयले जनाएको छ।

बैठक स्थगित हुनुको कारण भने तत्काल सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com