काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।

आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजित कार्यक्रममा दुवै पक्षबीच एकीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

advertisement

सम्झौतामा नेपाली कांग्रेस का नेता गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीच औपचारिक सहमति भएको बताइएको छ ।

झा यसअघि फागुन २१ गते भएको निर्वाचनमा रौतहट–१ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।

समायोजन तथा एकीकरण कार्यक्रममा कांग्रेसका नेताहरू, जसमा गगन थापा र महामन्त्री प्रदीप पौडेल लगायत सहभागी थिए । राष्ट्रिय सद्भावना पार्टी को औपचारिक समायोजनपछि संगठन अब कांग्रेसमा विलय भएको हो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com