काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेका केही भनाइहरू संसदीय अभिलेखबाट हटाउन माग गरेको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ सम्बन्धी व्यवस्था सभामुखबाट गलत रूपमा व्याख्या गरिएको आरोप लगाउँदै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग राखेका हुन् ।

advertisement

रोष्ट्रमबाट सभामुखले प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तरका लागि प्रश्न तीन दिनअघि नै बुझाउनुपर्ने कुनै व्यवस्था नरहेको बताएका थिए । तर एमालेले सो भनाइ नियमावली विपरीत भएको दाबी गर्दै आपत्ति जनाएको छ ।

‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिनअघि प्रश्न बुझाउने व्यवस्था छैन भनेर रोष्ट्रमबाट भनियो, जुन प्रतिनिधिसभा नियमावलीसँग मेल खाँदैन,’ महरले भने, ‘यसप्रति म नियमापत्ति जनाउँदै उक्त भनाइलाई संसदीय रेकर्डबाट हटाउन माग गर्दछु।’

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नहरूको आकस्मिक रूपमा जवाफ दिएका थिए ।

यसै सन्दर्भमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि प्रश्न तीन दिनअघि नै सभामुखलाई बुझाउनुपर्ने प्रावधान रहेको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए । तर सभामुख अर्यालले त्यस्तो स्पष्ट व्यवस्था नभएको बताएका थिए ।

सभामुखको उक्त व्याख्याप्रति असहमति जनाउँदै एमालेले नियमापत्ति दर्ता गरेको हो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com