काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर पाँच हजार ३५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया