काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–४ थामबाडा गाउँमा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन्। सोमबार राति स्थानीय किसान नरेन्द्र अधिकारीको गोठमा पसेको भालुले भेडाको बथानमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीका सूचना अधिकारी शालिकराम खनालका अनुसार आक्रमणमा आठ भेडा मरेका छन् भने पाँच भेडा अझै बेपत्ता छन्। बथानमा रहेका २९ भेडा भने सकुशल रहेका छन्।
रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। किसान अधिकारीका अनुसार एक भेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्ने भएकाले घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया