काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
बैठक आज मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
सरकारका समसामयिक विषय र दैनिक कामकारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बस्ने बैठकमा विभिन्न नीतिगत तथा प्रशासनिक विषयमा निर्णय हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया