काठमाडौं । आज देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्छ। यता मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा उच्च तापक्रमका कारण तातो दिन रहने सम्भावना छ।
आज राति कोशी र मधेश प्रदेशका साथै हिमाली भू–भागमा सामान्य बदली रहने तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन्।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया