काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा लुटपाटको प्रयासका क्रममा गोली प्रहार हुँदा श्रीमान्–श्रीमती घाइते भएका छन्।
मंगलबार राति घरमा चोरी गर्न प्रवेश गरेका ५–६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद गर्दा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवलाई गोली लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया