काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहपूर्ण ढंगले अघि बढिरहेको आरोप लगाएका छन्। उनले सरकारले सम्पत्ति छानबिनका नाममा निश्चित व्यक्ति र राजनीतिक दललाई लक्षित गरेर कारबाही गर्न खोजेको दाबी गरे।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सरकारले नयाँ राजनीतिक शक्ति तथा सुरक्षा निकायसँग सम्बन्धित व्यक्तिहरूमाथि छानबिन नगरी पुराना राजनीतिक दलका नेता–कार्यकर्तालाई मात्रै निशाना बनाएको आरोप लगाए।

advertisement

उनले सम्पत्ति छानबिन आयोग गठन गरेर राज्यले चयनात्मक रूपमा व्यक्तिहरूलाई फसाउने प्रयास गरिरहेको टिप्पणी गरे। यस्तो आयोग निष्पक्ष नभएको दाबी गर्दै उनले आफूले त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारे।

‘छानबिनका नाममा पूर्वाग्रहपूर्ण व्यवहार गरिन्छ भने त्यस्तो आयोगलाई म मान्दिनँ, बयान पनि दिन्नँ,’ ओलीले भने।

अध्यक्ष केपी शर्मा ओलीले कानुन र राज्यका निकायहरू निष्पक्ष तथा सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै राजनीतिक प्रतिशोधका आधारमा गरिने कुनै पनि कदम स्वीकार्य नहुने बताए।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com