काठमाडाैँ ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

बुधबार आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो।

advertisement

आफ्नो सवारी साधन फिर्ता पाएपछि सवारीधनीले ट्राफिक प्रहरीलाई खादा लगाई धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com