काठमाडौँ । टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीको थुनछेक बहस हेर्दाहेर्दैमा राखेर भोलि सुनुवाइ हुने भएको छ। अधिकारीको बयानपछि भएको थुनछेक बहस आज नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइमा राखिएको छ।

तुलसा अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ भइरहेको छ। आज बहस नसकिएपछि भोलि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुने जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले जानकारी दिए।

advertisement

 

प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ।

एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरूद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन्।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com