काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा एम्बुलेन्स र मिनी ट्रक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स बिहान दुर्घटनामा परेका हुन्। दुर्घटनामा एम्बुलेन्समा सवार ६ जना र ट्रक चालक गरी सात जना घाइते भएको प्रहरीले जनाएको छ।

advertisement

घाइतेमध्ये २५ वर्षीया अञ्जना बुढा मगरको अवस्था गम्भीर छ। सबै घाइतेलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।

एम्बुलेन्स चालकसहित अन्य घाइतेहरू रोल्पा र पूर्वी रुकुमका बासिन्दा रहेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com