काठमाडौं। डोटीको शिखर नगरपालिका–१ घर भएका १६ वर्षीय रबिन्द्र शाही १५ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

परिवारका अनुसार रबिन्द्रले एसईई परीक्षा दिएपछि रोजगारीका लागि काठमाडौं आएका थिए ।

advertisement

उनी अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

तर, २०८३ साल जेठ ५ गतेदेखि उनी परिवार तथा आफन्तको सम्पर्कमा नरहेको बताइएको छ ।

रबिन्द्रको उचाइ करिब ५ फिट रहेको र वर्ण गहुँगोरो रहेको परिवारले जनाएको छ ।

परिवार तथा प्रहरीलाई दिएको जानकारीअनुसार उनको मोबाइल फोनको अन्तिम लोकेसन सिंहदरबार क्षेत्र देखिएको थियो ।

त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

परिवारले उनको खोजी कार्यका लागि प्रहरीसमक्ष निवेदन दिइसकेको जनाएको छ ।

आफन्तजनले रबिन्द्रलाई कतै देख्नुभएमा वा उनको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन आग्रह गरेका छन् ।

रबिन्द्रको खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्था र ठेगाना खुल्न नसकेको परिवारले जनाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com