काठमाडौं। नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेल ले टी-२०आई खेलमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

बिहीबार भइरहेको एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा भुर्तेलले मात्र ४४ बलमा शतक पूरा गरेका हुन् ।

advertisement

यो उनको करियरको तेस्रो शतक हो ।

भुर्तेलले यसअघि चीनसँगको खेलमा पनि शतक प्रहार गरेका थिए ।

उक्त खेलमा उनले ३५ बलमा शतक बनाएका थिए र ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए ।

कुशल भुर्तेल टी-२०आईमा लगातार दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यसैगरी विश्वकै १०औं खेलाडीको रूपमा पनि उनी यो उपलब्धि हासिल गर्ने सूचीमा उभिएका छन् ।

यो प्रदर्शनले नेपाली क्रिकेटको लागि सकारात्मक संकेत दिएको छ ।

भुर्तेलको लगातार उत्कृष्ट ब्याटिङले टोलीको आत्मविश्वास बढाएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com