काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चित बनेकी तुलसी अधिकारी (तुलसा अधिकारी) लाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले मुद्दासँग सम्बन्धित प्रारम्भिक प्रमाण तथा आधारहरूको अध्ययनपछि अधिकारीलाई अनुसन्धान र न्यायिक प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्न आदेश जारी गरेको हो।

advertisement

अदालतमा भएको थुनछेक बहसका क्रममा सरकारी पक्षबाट तीन जना सरकारी वकिलले बहस प्रस्तुत गरेका थिए भने प्रतिवादी अधिकारीको पक्षबाट आठ जना कानुन व्यवसायीले प्रतिरक्षा गरेका थिए।

अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति नेपाल ल्याइएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ (क्रिमिनल बेनिफिट) तथा ठगीसम्बन्धी आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरले एक व्यवसायीको जाहेरीका आधारमा २०८२ चैतमा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा कुल ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

उक्त मुद्दामा तुलसी अधिकारीसहित अन्य प्रतिवादीमाथि आर्थिक अनियमितता र गैरकानुनी लाभसँग सम्बन्धित आरोपहरूको अनुसन्धान भइरहेको छ। अदालतको पछिल्लो आदेशसँगै अधिकारी अब मुद्दाको अन्तिम फैसला नआएसम्म न्यायिक हिरासतमा रहनेछिन्।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com