काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। भारतीय विदेशमन्त्री एस. जयशङ्कर को निमन्त्रणामा हुन लागेको यो भ्रमण नेपाल–भारतबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नयाँ दिल्लीमा मन्त्री खनाल र उनका भारतीय समकक्षी जयशङ्करबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ। भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा दुई देशका जनताबीचको सम्बन्ध विस्तारलगायत साझा हितका विषयमा छलफल हुने जनाइएको छ।
मन्त्रालयले यो भ्रमणले नेपाल र भारतबीचको सहकार्य तथा आपसी समझदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। निर्धारित कार्यक्रम पूरा गरी मन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया