काठमाडौं। प्रहरीले नेपाल सरकारका सचिव कृष्णहरि पुष्कर लाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ ।

आफूलाई मुख्यसचिव बनाउन माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सिधै एसएमएस पठाएपछि ‘चेन अफ कमाण्ड’ मिचेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई बिहीबार साँझ कपनस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो ।

advertisement

गृह मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशपछि उनलाई नियन्त्रणमा लिई टेकु पुर्‍याइएको थियो ।

व्यक्तिगत स्वार्थका लागि प्रशासनिक मर्यादा र विधि मिचेर सिधै प्रधानमन्त्रीलाई दबाबमूलक म्यासेज पठाएको विषयमा प्रहरीले उनीसँग सोधपुछ गरेको थियो ।

तर, तत्कालै मुद्दा चलाउनका लागि पर्याप्त कानुनी आधार नदेखिएपछि सोधपुछ पश्चात् उनलाई राति नै छाडिएको प्रहरी स्रोतले जनाएको छ ।

विगतमा मुख्यसचिव एकनारायण अर्यालले ९ मंसिर २०८२ मा अवकाश पाएपछि सचिव पुष्कर पनि मुख्यसचिवको बलियो दाबेदारका रूपमा हेरिएका थिए ।

यद्यपि, त्यतिबेला सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

नयाँ मुख्यसचिव नियुक्त भए पनि कृष्णहरि पुष्कर भने अझै पनि मुख्यसचिव बन्ने कसरत र दौडधुपमा लागिरहेका थिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com