काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी आन्दोलन’ का क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेसको साप्ताहिक शृङ्खला ‘ग्रिन टेबल’ अन्तर्गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मानवअधिकार उल्लंघन जस्ता गम्भीर घटनाहरूलाई सामान्यीकरण गर्न नमिल्ने स्पष्ट पारे।

advertisement

गत भदौ २३ र २४ गते भएका घटनाहरूमा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि कारबाही प्रक्रिया अघि बढे पनि नेपाली कांग्रेसले यस विषयमा कुनै दोहोरो मापदण्ड नअपनाउने उनको भनाइ थियो।

सभापति थापाले आयोगको सिफारिस अक्षरसः कार्यान्वयन गराउन कांग्रेसले सरकारसामु नियमित रूपमा प्रश्न उठाइरहने र दबाब बढाउन नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरे। ढिलो या चाँडो आयोगको सिफारिस कार्यान्वयन भइछाड्ने विश्वास व्यक्त गर्दै थापाले भने, “राज्यको दमनलाई हामीले बिर्सियौँ र योजनाबद्ध हिंसालाई क्षमा दियौँ भने भविष्यमा सिङ्गो मुलुकले ठुलो मूल्य चुकाउनुपर्छ। त्यसैले कांग्रेस यस मामिलामा अत्यन्तै गम्भीर छ।”

यद्यपि, मानवअधिकार आयोगको प्रतिवेदन चुनावअघि सार्वजनिक नभएको प्रति पार्टीको प्रश्न रहेको उनले बताए। साथै, गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र त्यसको कार्यान्वयनको सवालमा सरकारले स्पष्ट रूपमा पूर्वाग्रह देखाएको दाबी समेत सभापति थापाले गरे।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com