काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ।

शुक्रबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनअन्तर्गत आठौँ बैठकबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले अनुमोदन गरिएको हो। बैठकमा यामलाल कँडेल ले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

advertisement

प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेकी नन्दा गुरुङ ले कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीलाई प्रस्ताव प्रस्तुत गर्न समय दिएकी थिइन्। प्रस्ताव प्रस्तुत भएसँगै सभामुख गुरुङले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरिन्।

नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल सुरु भएको थियो। शुक्रबार करिब ६ घण्टा लामो बैठकमा व्यापक छलफल भएको थियो। छलफलमा मंगलबहादुर शाही, राजकुमार शर्मा लगायत २५ जना प्रदेशसभा सदस्यले आफ्नो धारणा राखेका थिए।

सदस्यहरूले कर्णालीको बहुआयामिक गरिबी न्यूनीकरण, मानव विकास सूचकांक सुधार, कृषि तथा पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, सडक सञ्जाल विस्तार तथा आम नागरिकका आवश्यकता सम्बोधन गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए।

प्रदेशसभाको नवौँ बैठक आगामी असार १ गते दिउँसो ३ बजे बस्ने जानकारी सभामुख गुरुङले दिएकी छन्।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com