काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषध सहित २३ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंबाट ११, झापाबाट ६, चितवनबाट २ तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट १/१ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकीय सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया