काठमाडौं । कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहाल भएको छ ।

जेनजी युवा तथा रुष्ट रहेका कार्यकर्तालाई पेलेर बढ्न खोजेपछि हातहालाहाल भएको असन्तुष्ट पक्षले जनाएको छ ।

advertisement

अधिवेशनमा मतदान गर्ने अधिकारबाट केही बेरअघिबाट मात्र आफूहरूको नाम हटाएको विरोधमा बन्दसत्र हल प्रवेश गर्ने मूल ढोका नै बन्द गरेर केही युवा धर्नामा बसेका थिए । उनीहरूलाई हटाएर चुनावी प्रक्रिया सुरु गरेपछि हातहालाहाल भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले हो हल्ला भएको भए पनि हात हालाहाल भने नभएको बताए ।

‘हात हालाहाल भएको होइन । केही बेर होहल्ला भएको थियो । अहिले परिस्थिति सामान्य भइसकेको छ । मतदान भइरहेको छ,’ उनले भने ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com