काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूलाई पनि राजदूत बन्ने इच्छा भएको भन्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्।

आइतबार राति फेसबुकमा उनले लेखेका छन्, “मलाई पनि राजदूत बन्न मन छ । प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न ।”
बालेनको उक्त स्टाटसमा टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिम् ?” भनेर प्रतिक्रिया दिएका छन्।

advertisement

प्रधानमन्त्री र मन्त्रीबीचको यो संवाद सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। कतिपय प्रयोगकर्ताले यसलाई राजनीतिक व्यङ्ग्यका रूपमा लिएका छन् भने केहीले प्रधानमन्त्रीको अकाउन्टको वास्तविकतामाथि समेत प्रश्न उठाएका छन्।

हालै एक सचिवले राजदूत बन्ने चाहना व्यक्त गर्दै प्रधानमन्त्रीलाई सन्देश पठाएको विषय सार्वजनिक भएपछि उनी प्रहरीको सोधपुछमा परेका थिए। बालेनको पछिल्लो टिप्पणी सोही घटनाप्रति लक्षित व्यङ्ग्य भएको अनुमान गरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com