काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट राजा शाक्य जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनले अर्का प्रत्यासी सुरेश सापकोटालाई पछि पार्दै सभापति पद जितेका हुन्।
उपसभापतिमा रवीन्द्र गौतम चयन भएका छन् भने सचिवमा शन्तमान महर्जन र सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन्। अधिवेशनमा कुल ५२२ प्रतिनिधि सहभागी रहेकोमा ४३८ मत खसेको जनाइएको छ।
निर्वाचनपछि रास्वपा काठमाडौं जिल्ला समितिले औपचारिक रूपमा नयाँ कार्यसमिति गठन गरेको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया