काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २ हजार २५६ जना सवारी चालकलाई सवारी नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ।

यस कारबाहीबाट राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

advertisement

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १५१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १११ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४२ जना र तीव्र गतिमा सवारी चलाउने २३० जनालाई कारबाही गरिएको हो।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ३३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९३ जना, फुटपाथमा पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ११८ जना तथा अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार १६१ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सवारी नियम उल्लङ्घन विरुद्ध निगरानी र कारबाहीलाई थप कडा बनाइने जनाएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com