काठमाडौं। सीजी रिलायन्स बेभरेज प्रालिले मकवानपुरको मनहरी गाउँपालिका–६ मा सामुदायिक सुरक्षा र वातावरण संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ।

कम्पनीले मनहरी गाउँपालिका वडा नम्बर ६ सँगको समन्वयमा कारखाना परिसर आसपासका क्षेत्रमा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन सडक बत्ती जडान गरेको जनाएको छ। यसबाट स्थानीय बासिन्दा तथा यात्रुहरूको सुरक्षित आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

advertisement

त्यसैगरी, विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले वडा क्षेत्रका उपयुक्त सार्वजनिक स्थानमा प्रयोग गरिने टिकाउ फोहोर संकलन डस्टबिन हस्तान्तरण गरेको छ। उक्त पहलले सरसफाइ प्रवर्द्धन गर्नुका साथै वातावरणीय सचेतना अभिवृद्धिमा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कार्यक्रममा मनहरी गाउँपालिका–६ का वडाध्यक्ष युवराज थपलियाले कम्पनीको पहलको प्रशंसा गर्दै स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यले समुदायको समग्र विकास तथा कल्याणमा सकारात्मक प्रभाव पार्ने बताए।

कम्पनीका अनुसार यस्ता गतिविधिले स्थानीय समुदायसँगको सहकार्यलाई थप मजबुत बनाउनुका साथै दिगो विकासका लक्ष्य हासिल गर्न योगदान पुर्‍याउनेछ। सीजी रिलायन्सले आगामी दिनमा पनि समुदाय केन्द्रित सामाजिक तथा वातावरणीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सीजी रिलायन्स बेभरेजबारे

सीजी रिलायन्स बेभरेज प्रालि नेपालको चौधरी ग्रुप (सीजी) र रिलायन्स इन्डस्ट्रिज लिमिटेडअन्तर्गतको रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) बीचको संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) कम्पनी हो। कम्पनीले नेपालभर ‘क्याम्पा’ ब्रान्डका पेय पदार्थको उत्पादन तथा वितरण गर्दै आएको छ।

चौधरी ग्रुप र आरसीपीएल

चौधरी ग्रुप नेपालका अग्रणी बहुआयामिक व्यावसायिक समूहहरूमध्ये एक हो, जसले खाद्य तथा पेय पदार्थ, वित्तीय सेवा, शिक्षा, आतिथ्य, सूचना प्रविधि, घरजग्गा तथा पूर्वाधारलगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ।

यस्तै, रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) रिलायन्स इन्डस्ट्रिजको एफएमसीजी शाखा हो, जसले उपभोक्तामैत्री तथा सहज पहुँचयोग्य उत्पादनमार्फत दैनिक जीवनलाई सहज बनाउने लक्ष्यका साथ विभिन्न उपभोक्ता सामग्री उत्पादन तथा बजार विस्तार गर्दै आएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com