काठमाडौं। सरकारले देशमा विकराल बन्दै गएको मानसिक स्वास्थ्य समस्या लाई सम्बोधन गर्न मानसिक स्वास्थ्य नीति बनाउने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सर्वोच्च अदालतको आदेशपछि मानसिक स्वास्थ्य नीति निर्माणको तयारी भइरहेको बताए ।

advertisement

उनले अब रणनीति मात्र नभई नीति नै बनाएर अघि बढ्ने र अस्पताल सुधार कार्यविधि कार्यान्वयनमा जोड दिने बताए ।

डा. देवकोटाले भने, “सम्मानित सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ ।

अहिले हाम्रो देशमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गइरहेको छ । अब रणनीति मात्रै होइन नीतिनै बनाएर अघि बढ्छौं ।”

सचिव डा. देवकोटाले सुशासन सरकारको प्राथमिकतामा रहेको भन्दै अस्पताल सुधार कार्यविधिलाई कार्यान्वयन गरिएको बताए ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com