जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक विवाद का कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

शनिबारबाट जलेश्वरमा जारी अधिवेशनको दोस्रो दिनसम्म पनि दुई पक्षबीच सहमति जुट्न सकेन । विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेपछि अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जानकारी दिएका छन् ।

advertisement

उनका अनुसार जिल्लाका प्रतिनिधिहरूसँग परामर्श तथा शान्ति-सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अधिवेशन रोक्ने निर्णय गरिएको हो । उक्त निर्णयमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे, पूजा झालगायत नेताहरूको सहमति रहेको बताइएको छ ।

यता धनुषा जिल्लामा पनि रास्वपाभित्रको विवाद अझै समाधान हुन सकेको छैन । जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि मनोमानी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाउँदै असन्तुष्ट समूहले शनिबार रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

यसअघि धनुषाका पाँच पालिकाको अधिवेशनका क्रममा पनि विवाद चर्किँदा कार्यकर्ताबीच हातहालाहालको अवस्था सिर्जना भएको थियो ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com