काठमाडौं  परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुने ढोका खुलेको दाबी गरेका छन्। तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री खनालले आफ्नो भ्रमणपछि दुवै पक्षबाट उच्चस्तरीय भ्रमणको सुरुवात भएको बताए।

‘विगत दुई वर्षदेखि नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्ता भएको थिएन। मेरो भ्रमणबाट त्यसको सुरुवात भएको छ। अब दुवै पक्षबाट उच्चस्तरीय भ्रमणहरू हुनेछन्,’ उनले भने।

advertisement

हालै भारत भ्रमण गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको बताएका थिए। उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबिनलाई पनि नेपाल भ्रमणको निम्तो दिएको बताएका थिए।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com